मंगलबार, वैशाख २५ गते २०८१    
images
images

इन्जिन मर्मत गर्न चार महिनादेखि इजरायल लगेर थन्क्याइएको न्याराेबडी जहाज भाडाकै इन्जिनमा नेपाल फर्काइँदै

जुनमा बिग्रिएकाे इन्जिन १० महिनामा मर्मत, नोभेम्बरमा बिग्रिएको इन्जिन मर्मतको छैन अत्तोपत्तो

images
images
images
इन्जिन मर्मत गर्न चार महिनादेखि इजरायल लगेर थन्क्याइएको न्याराेबडी जहाज भाडाकै इन्जिनमा नेपाल फर्काइँदै
images
images

काठमाडाैं- गएको मंसिर १३ गतेदेखि ग्राउन्डेड नेपाल वायुसेवा निगमको 'नाइन-एन एकेएक्स' एयरबस ३२० न्याराेबडी जहाज आज सोमबारदेखि उडानमा फर्किएकाे छ। जहाज इजायलबाट दुबई हुँदै नेपाल आइरहेकाे छ।

images
images
images

उक्त जहाजको नाेभेम्बर ३० मा बिग्रिएकाे इन्जिन मर्मतका लागि छाडेर आएको हाे।  जुनमा बिग्रिएकाे इन्जिन मर्मत गरी जहाजमा फेरेर ल्याउन लागिएकाे हाे। तर सेप्टेम्बर २८ देखि जहाजमा प्रयाेग भएको भाडाको इन्जिन भने यथावत नै राखिएकाे छ। 

images

नाेभेम्बरमा बिग्रिएकाे इन्जिन मर्मत अब कहिले हुन्छ निगमले कुनै जानकारी दिएकाे छैन।

images

सेप्टेम्बर २८ मा इजरायलको आईएआईबाट भाडाकाे इन्जिन लिएर बिग्रिएकाे इन्जिन मर्मतको जिम्मा पनि  इजायलको आईएआईलाई नै दिइएको थियो। ६५ दिनमा इन्जिन मर्मत गरेर दिने सम्झौता गरेपनि करिब ७ महिनापछि इन्जिन मर्मत गरेर दिएकाे हाे।

images
images

अहिले मर्मत भएकाे इन्जिन २०२३ काे जुन २० मा बिग्रिएकाे हाे। जुन २० मा बिग्रिएकाे इन्जिन मर्मतमा दिँदै भाडाको इन्जिन हालेर जहाज ९७ दिन ग्राउन्डेड भएपछि  सेप्टेम्बर २८ देखि उडानमा आएको थियाे।

भाडाकाे इन्जिन राखेर उडान भइरहेकाे अवस्थामा नाेभेम्बर ३० मा फेरि त्यही जहाजको अर्को इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएकाे थियाे।

सम्झौताअनुसार जुनमा बिग्रिएको इन्जिन मर्मत भएको भए जहाज एकदिन पनि ग्राउन्डेड हुने थिएन। तर निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी र व्यवस्थापनको लापरबाहीकै कारण जहाजको इन्जिन समयमा नै मर्मत हुन सकेन।

जहाज ग्राउन्डेड भएको विषय सञ्चार माध्यममा बारम्बार आउन थालेपछि इन्जिन मर्मत नै नभएको अवस्थामा जहाज डिसेम्बर २६ मा इजरायल लगेर राखिएको थियाे। साेही जहाजमा जुनमा बिग्रिएकाे इन्जिन मर्मत गरेर हालिएकाे छ। नाेभेम्बरमा बिग्रिएकाे इन्जिन भने मर्मतमा छाेडिएकाे छ। सेप्टेम्बरमा भाडामा प्रयाेग गरिएकाे इन्जिन त्यसमा यथावत नै राखिएको छ।

इन्जिन मर्मतमा यसपटक ८५ कराेड रूपैयाँभन्दा बढी खर्छ भएकाे छ। नोभेम्बर ३० देखि जहाज ग्राउन्डेड हुँदा पनि सेप्टेम्बर २८ मा हालिएको भाडाको इन्जिनबापत करिब १ सय ४५ दिनसम्म दैनिक २ हजार डलर खर्च भइरहेकाे थियाे।

यो बीचमा जहाज ग्राउन्डेड हुँदा निगमले १ अर्ब ७५ कराेड रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ।

यसैको कारण निगमको बजार हिस्सा १४.२० बाट झरेर १२.१२ प्रतिशतमा आइपुगेको छ। बढी यात्रु बोक्ने ताज कतार एयरले पाएको छ।

गएको जुन २० देखि अहिलेसम्म नाइन-एन एकेएक्स न्याराेबडी जहाज उडानमा ल्याउन नसक्दा निगमले साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेकाे छ।

images

प्रकाशित : सोमबार, वैशाख १० २०८१०५:५९

प्रतिक्रिया दिनुहोस