शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

चार वर्षका लागि अशोक राणा पुन: हिमालयन बैंकको सीईओ नियुक्त

आइतबार, वैशाख ९ २०८१
चार वर्षका लागि अशोक राणा पुन: हिमालयन बैंकको सीईओ नियुक्त

काठमाडौं- हिमालयन बैंकको सञ्चालक समितिले वर्तमान सीईओ‌ अशोक राणालाई नै पुन: चार वर्षका लागि सीईओमा नियुक्त गरेको छ। 

नयाँ नियुक्तिसँगै उनले समयको मागअनुसार बैंकको सेवालाई गुणस्तरीय बनाएर लैजाने बताएका छन्।

बाफिया कार्यान्वयनमा आएपछि राणाको यो दोस्रो कार्यकाल हो। उनी २०७६ चैतमा बैंकको सीईओमा नियुक्त भएका थिए।

२७ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत उनी १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्वमा छन्।


प्रकाशित : आइतबार, वैशाख ९ २०८११९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend