शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

आइतबार, वैशाख ९ २०८१
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

हाल ५५ जिल्लामा सेवा दिइरहेको बैंकले यसै आवमा थप ७ शाखा विस्तार गरी आगामी दिनमा देशको ६० जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ।

सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ। साथै पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरे।

भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन्।

कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार रूपैयाँदेखि २ लाख ५० हजार रूपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन्। भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ। बैंकका अनुसार यसमा ईएमआईको सुविधा पनि रहेको छ।

बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ। साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १ सय ५ देखि १ हजार ५ सम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ।

भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन्। यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने बैंकको अपेक्षा छ।

सिटिजन्स बैंकले हाल १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइमार्फत १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख ९ २०८११६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend