शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

गएको साता सबै कारोबार राताम्य भएको सेयर बजारमा यो साता पहिलो कारोबारमा हरियाली

आइतबार, वैशाख ९ २०८१
गएको साता सबै कारोबार राताम्य भएको सेयर बजारमा यो साता पहिलो कारोबारमा हरियाली

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा हरियाली देखिएको छ। गएको साता सबै कारोबारमा ओरालो लाग्दै बजार ५३.५४ अंकले घटेको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार १२.२९ अंकले बढेर बजार १९८४.४३ बिन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ। ६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले यो साता वृद्धितर्फको लय समात्न संकेत देखाएको छ। 

गएको साता आइतबार २.३५ अंकले घटेको बजार सोमबार १६.८२ अंकले घटेको थियो। मंगलबार १४.८१ अंकले घटेको बजार बुधबार बन्द रहँदा बिहीबार पनि १९.५६ अंकले घटेको थियो। उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न नसक्दा साताभर नै बजारले गति लिन सकेको थिएन।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरूको छ। 

उतारचढावपूर्ण अवस्था देखिएको सेयर बजारमा वृद्धितर्फको संकेत अझै देखिएको छैन। अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, वैशाख ९ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend