शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

चैत मसान्तमा वाणिज्य बैंकको औषत खराब कर्जा ३.६५ प्रतिशत पुग्यो, कुन बैंकको कति?

शुक्रबार, वैशाख ७ २०८१
चैत मसान्तमा वाणिज्य बैंकको औषत खराब कर्जा ३.६५ प्रतिशत पुग्यो, कुन बैंकको कति?

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरुको खराब कर्जा औषतमा ३.६५ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको औषत खराब कर्जा २२.३७ प्रतिशतले बढेको हो। गत वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको औषत खराब कर्जा २.९५ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै खराब कर्जा लक्ष्मी सनराइज बैंकको रहेको छ। यस अवधिमा यस बैंकको खराब कर्जा ५.४९ प्रतिशत रहेको छ।

लक्ष्मी सनराइज बैंकपछि हिमालयन बैंकको ४.९६ प्रतिशत, कुमारी बैंकको ४.९५ प्रतिशत, नेपाल बैंक लिमिटेडको ४.८५ प्रतिशत, प्रभु बैंकको ४.८१ प्रतिशत, ग्लोवल आइएमई बैंकको ४.७४ प्रतिशत,नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ४.६६, राष्ट्रिय वाणिज्य बैंकको ४.३ प्रतिशत, प्राइम कर्सियल बैंकको ४.२९ प्रतिशत र नविल बैंकको ४.०४ प्रतिशत गरी १० वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा रहेको छ।

यस्तै खराब कर्जा कम हुने वाणिज्य बैंकमा नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक रहेका छन्। 

एभरेष्ट बैंकको सबैभन्दा कम खराब कर्जा रहेको छ। 

chait kharab karja.jpg

१ वर्ष अवधिसम्म पनि ऋणीले कर्जा भुक्तानी नगरेमा बैंकहरुले सतप्रतिशत रकम खराब कर्जा कायम गर्नुपर्ने हुन्छ। यसका साथै असल कर्जामा १.२५ प्रतिशत, सुक्ष्म निगरानीमा रहेका कर्जामा ५ प्रतिशत, कससल कर्जामा २५ प्रतिशत र शंकास्पद कर्जामा ५० प्रतिशत न्युनतम कर्जा नोक्सानी कायम गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ।

भाखा ननाघेको कर्जालाई राष्ट्र बैंकले असल कर्जाको रुपमा वर्गिकरण गर्नुपर्ने व्यवस्था गरेको छ। ३ महिना देखि ६ महिना सम्म भाखा नाघेका कर्जालाई कमसल कर्जा, ६ महिनादेखि १ वर्षसम्म कर्जाको भाखा नाघेका कर्जालाई शंकास्पद कर्जा र १ वर्षभन्दा बढी अवधिकले भाशाखा नाघेको कर्जालाई खराब कर्जाको रुपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। 

राष्ट्र बैंकले चैत मसान्तसम्म बैंकहरुलाई कर्जा पुर्नतालिकरण तथा पुर्नसंरचनाको सुविधा दिएको थियो। गत असार मसान्तसम्म नियमितरुपमा कर्जा तिरेका ऋणीले १० प्रतिशतसम्म कर्जाको साँवा ब्याज भुक्तानी गरेको भएमा कर्जा पुर्नतालिकरण वा पुर्नसंरचनाको सुविधा दिएको थियो।

अर्थतन्त्रमा माग संकुचित भइ ऋणीले कर्जा भुक्तानी गर्न नसकिरहेको र कर्जाको माग बढ्न नसकेकाले बैंकहरुको खराब कर्जा बढ्दै गएको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासा वाणिज्य बैंकहरुको औषत खराब कर्जा ३.६३ प्रतिशत रहेको थियो।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend