शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिटिजन्स बैंकको खुद नाफा १ अर्ब २१ करोड, खराब कर्जा घट्यो

शुक्रबार, वैशाख ७ २०८१
सिटिजन्स बैंकको खुद नाफा १ अर्ब २१ करोड, खराब कर्जा घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब २३ अर्ब रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी करिब १४ करोडले घटेकाले बैंकको नाफा घटेको हो। 

गत वर्षको ९ महिनामा बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ३९ करोड गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३५ करोड खुद ब्याज आम्दानी गरेको छ।

यस्तै यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज घटेको छ। गत वर्षको ९ महिनामा १ अर्ब १२ करोड इम्पियरमेन्ट चार्ज रहेको यस बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा ९८ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। 

गत वर्षको तुलनामा बैंकको खराब कर्जा घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खराब कर्जा ३.७६ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९८ प्रतिशत रहेको थियो।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने घटेको छ। अधिकांश बैंक वितरणयोग्य नाफा ऋणात्मक भइरहेको सन्दर्भमा यस बैंकको वितरणयोग्य नाफा १ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ।

गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ रहेको थियो। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend