शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

शुक्रबार, वैशाख ७ २०८१
कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको खुद नाफा गत वर्षको तुलनामा ९७.२२ प्रतिशतले बढेको छ।

गत वर्षको ९ महिनामा बैंकले १ अर्ब ४ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेकाले बैंकको खुद नाफा बढेको हो। चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको यसै अवधिमा बैंकले ६ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 

गत वर्षको तुलनामा बैंकले इम्पियरमेन्ट चार्ज घटाएकाले बैंकको नाफामा उल्लेखीय मात्रामा सुधार देखिएको हो। गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ११ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५२ करोडमा कायम भएको छ। 

यस्तै यस अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ। गत वर्षको महिनामा ४.२० प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ३.३० प्रतिशतमा सीमित भएको छ।

यस अवधिमा बैंकको आधार दर ८.६८ प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.५७ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend