शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

९ महिनामा एनएमबि बैंकको खुद नाफा २ अर्ब २४ करोड, खराब कर्जा घट्यो

शुक्रबार, वैशाख ७ २०८१
९ महिनामा एनएमबि बैंकको खुद नाफा २ अर्ब २४ करोड, खराब कर्जा घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एनएमबि बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

बैंकको खुद ब्याज आम्दानी घटेकाले खुद नाफा घटेको हो। गत वर्ष यस अवधिमा ६ अर्ब ४८ करोड रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ५२ करोडमा सीमित भएको छ।

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज घटाएको छ। गत वर्ष १ अर्ब १८ करोड रहेको बैंकको इम्पियरमेन्ट चार्ज घटेर ८० करोडमा सीमित भएको छ।

यस अवधिमा बैंकको खराब कर्जा २.८६ प्रतिशतमा सीमित भएको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा २.९६ प्रतिशत रहेको थियो। 

यस्तै यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४२ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकले आम्दानी देखाएको तर ब्याज नउठेपछि १ अर्ब १ करोड रुपैयाँ रेगुलेटरी समायोजनमा देखाएपछि बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो। गत वर्षको यस अवधिमा बैंकको वितरणयोग्य नाफा करिब ७३ करोडले सकारात्मक रहेको थियो।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend