बिहीबार , वैशाख २० गते २०८१    
images
images

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २ अर्ब ३७ करोड रुपैयाँ

images
images
images
राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २ अर्ब ३७ करोड रुपैयाँ
images
images

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको नाफा करिब ३४ प्रतिशतले घटेको छ। गत वर्षको यस अवधिमा ३ अर्ब ५७ करोड खुद नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३७ करोड मात्रै खुद नाफा गरेको छ। 

images
images
images

बैंकको ब्याज आम्दानी घटेकाले बैंकको खुद नाफा घटेको हो। गत वर्षको ९ महिनामा यस बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ। 

images

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज भने घटेको छ। गत वर्षको यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज १ अर्ब ३२ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८१ करोडमा सीमित भएको छ।

images

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा भने बढेको छ। गत वर्षको ९ महिनामा बैंकको खराब कर्जा ३.८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.३० प्रतिशत पुगेको छ।

images
images

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।

images

प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११२:३४

प्रतिक्रिया दिनुहोस