शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड, कस्ता छन् अन्य सूचक?

शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड, कस्ता छन् अन्य सूचक?

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष १ अर्ब ६ करोड बोनस सेयर र १ अर्ब १२ करोड रुपैयाँ नगद लाभांश दिएकाले बैंकको वितरणयोग्य नाफा गत वर्षको यसै अवधिको तुलनामा केही कम देखिएको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा गत वर्षको तुलनामा बढेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा करिब १४ करोड रुपैयाँ बढेको छ।  चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड रहेको थियो। गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेको हो र इम्पियरमेन्ट चार्ज सामान्यरुपमा मात्रै बढेको हो। 

गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज ५५ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष बढेर ६२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशतमा स्थिर रहेको छ।

गत वर्ष ०.७० नै रहेको खराब कर्जा चालु आर्थिक वर्षको ९ महिना पनि ०.७ प्रतिशत नै रहेको छ। यस अवधिमा बैंकको आधार दर ८.१३ प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.५० प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend