शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो २ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा

शुक्रबार, वैशाख ७ २०८१
स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो २ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंक प्रमुख सुचाङ्कहरू घटेपनि बैंक अन्य बैंकहरूको तुलनामा राम्रो अवस्थामा छ। 

गत वर्षको ९ महिनामा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। चालु आर्थिक वर्ष बैंकको खुद नाफा करिब १७ करोडले घटेको छ।

गत वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४० करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३ अर्ब ९० करोड कायम भएपछि बैंकको नाफामा सामान्य गिरावट देखिएको हो। 

गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज करिब ४४ करोड रहेकोमा चालु आर्थिक वर्ष घटेर २५ करोडमा सीमित भएको छ। 

गत वर्षको तुलनामा बैंकको खराब बर्जा बढेको असर वितरणयोग्य नाफामा देखिएको छ। गत वर्ष यस अवधिमा बैंकको खराब कर्जा ०.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यस अवधिमा बढेर २.१४ प्रतिशत कायम भएको छ।

यस अवधिमा बैंकले पाकेको तर नउठेको ब्याज बापत १ अर्ब ५७ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको थियो। 

जसले गर्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँमा खुम्चेको छ। खुद नाफा घटेको र खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा घटेको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्ष बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेकाले सञ्चित नाफा घट्न गएकाले वितरणयोग्य नाफा कम भएको हो।

यस अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.५३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८ प्रतिशत कायम भएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend