शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सानिमा बैंकको खुद नाफा १ अर्ब ४४ करोड, खराब कर्जा घट्यो

शुक्रबार, वैशाख ७ २०८१
सानिमा बैंकको खुद नाफा १ अर्ब ४४ करोड, खराब कर्जा घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा सानिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा करिब १६ प्रतिशतले घटेको छ। 

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज बढेकाले खुद नाफा घटेको हो। गत आर्थिक वर्ष बैंकको इम्पियरमेन्ट चार्ज १ अर्ब १४ करोड रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा बढेर १ अर्ब ५९ करोड पुगेको छ। 

यस अवधिमा बैंकको खराब कर्जामा भने सुधार देखिएको छ। गत आर्थिक वर्ष २.२५ प्रतिशत खराब कर्जा रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा घटेर १.८९ प्रतिशत कायम भएको छ।

यस अवधिमा आम्दानी देखाएको तर नउठेको ब्याजबापत ४१ करोड ४६ लाख रुपैयाँ रेगुलेटरी प्रोभिजनिङ गरेको छ। जुन गत आर्थिक वर्ष सोही अवधिको भन्दा कम हो।

गत वर्ष यसका लागि बैंकले ४२ करोड ६५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो। बैंकको खुद नाफा घटेकाले बैंकको वितरणयोग्य नाफा पनि घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको वितरणयोग्य नाफा ७५ करोड ६८ लाख रुपैयाँ रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८०.०७ प्रतिशत र आधारदर ८.३५ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend