बिहीबार , वैशाख २० गते २०८१    
images
images

सानिमा बैंकको खुद नाफा १ अर्ब ४४ करोड, खराब कर्जा घट्यो

images
images
images
सानिमा बैंकको खुद नाफा १ अर्ब ४४ करोड, खराब कर्जा घट्यो
images
images

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा सानिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा करिब १६ प्रतिशतले घटेको छ। 

images
images
images

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज बढेकाले खुद नाफा घटेको हो। गत आर्थिक वर्ष बैंकको इम्पियरमेन्ट चार्ज १ अर्ब १४ करोड रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा बढेर १ अर्ब ५९ करोड पुगेको छ। 

images

यस अवधिमा बैंकको खराब कर्जामा भने सुधार देखिएको छ। गत आर्थिक वर्ष २.२५ प्रतिशत खराब कर्जा रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा घटेर १.८९ प्रतिशत कायम भएको छ।

images

यस अवधिमा आम्दानी देखाएको तर नउठेको ब्याजबापत ४१ करोड ४६ लाख रुपैयाँ रेगुलेटरी प्रोभिजनिङ गरेको छ। जुन गत आर्थिक वर्ष सोही अवधिको भन्दा कम हो।

images
images

गत वर्ष यसका लागि बैंकले ४२ करोड ६५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो। बैंकको खुद नाफा घटेकाले बैंकको वितरणयोग्य नाफा पनि घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको वितरणयोग्य नाफा ७५ करोड ६८ लाख रुपैयाँ रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८०.०७ प्रतिशत र आधारदर ८.३५ प्रतिशत रहेको छ।

images

प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१११:३६

प्रतिक्रिया दिनुहोस