शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

९ महिनामा ग्लोबल आईएमई बैंकको खुद नाफा ३ अर्ब ३० करोड

शुक्रबार, वैशाख ७ २०८१
९ महिनामा ग्लोबल आईएमई बैंकको खुद नाफा ३ अर्ब ३० करोड

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा ग्लोबल आईएमई बैंकको खुद नाफा गत वर्षको यस अवधिको तुलनामा २४.१३ प्रतिशतले खुम्चिएको छ। यस अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ। 

गत वर्ष बैंकले ९ महिनामा ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा बैंकले १३ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेपनि इम्पियरमेन्ट चार्ज बढेकाले बैंकको नाफा घटेको हो। 

गत वर्ष बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ७१ करोड रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा बढेर ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खराब कर्जा बढेर ४.७४ प्रतिशत पुगेको छ। 

अघिल्लो वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको थियो। 

यस अवधिमा कर्जा निक्षेप अनुपात ७९.४० प्रतिशत रहेको छ भने बैंकको आधार दर ८.८४ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend