शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपाल बैंक लिमिटेडको नाफा ९२.७ प्रतिशतले घट्यो

शुक्रबार, वैशाख ७ २०८१
नेपाल बैंक लिमिटेडको नाफा ९२.७ प्रतिशतले घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघ देखि चैतसम्म)मा नेपाल बैंक लिमिटेड करिब ४६ करोड रुपैयाँले घाटामा गएको छ। जसले गर्दा बैंकको चालु आर्थिक वर्षको ९ महिनाको नाफा १३ करोडमा सीमित भएको छ।

गत वर्षको तीन महिनामा नेपाल बैंकले लिमिटेडले १ अर्ब ७८ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड रुपैयाँमा खुम्चिएको हो।

बैंकको इम्पियरमेन्ट खर्च १ अर्ब ४८ करोड ५० लाखबाट बढेर ३ अर्ब ६६ करोड रुपैयाँ पुगेकाले बैंकको नाफामा ९२.७ प्रतिशतको गिरावट देखिएको हो।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.६५ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा खराब कर्जा ४.१६ प्रतिशत रहेको थियो।

खराब कर्जा बढेको असर बैंकको वितरणयोग्य नाफामा परेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोडले ऋणात्मक भएको छ।

यस अवधिमा आम्दानी बुक गरेको तर उठेको ब्याज ८४ अर्ब २४ करोड रुपैयाँ प्रोभिजनिङ गरेकाले बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो।

गत वर्षको यसै अवधिमा बैंकले नियामकीय प्रोभिजनिङमा १ अर्ब ४१ करोड रुपैयाँ छुट्याएको थियो। बैंकले गत वर्षको सञ्चित नाफाबाट लाभांश वितरण गरेको र चालु आर्थिक वर्ष पर्याप्त खुद नाफा गर्न नसकेकाले बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७४.८९ प्रतिशत र आधार दर ७.९९ प्रतिशत कायम भएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend