शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिद्धार्थ बैंकको नाफा बढ्यो, खराब कर्जा घट्यो

शुक्रबार, वैशाख ७ २०८१
सिद्धार्थ बैंकको नाफा बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं- सिद्धार्थ बैंकको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

गत वर्षको तुलनामा बैंकको इम्पियरमेन्ट चार्ज र खराब कर्जा घटेकाले बैंकको खुद नाफा बढेको हो। गत वर्ष यस बैंकको खराब कर्जा ३.९५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष बढेर २.५२ प्रतिशत कायम भएको छ। 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने समान्यरुपमा घटेको छ। गत वर्षको तुलनामा बैंकको ब्याज आम्दानी घटेकाले खुद ब्याज आम्दानी कम भएको हो।

गत वर्षको यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ६ अर्ब ७ करोड रुपैयाँ गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १ करोड रुपैयाँ गरेको छ। 

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड १२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्षको यसै अवधिमा ४५ करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको थियो। 

खराब कर्जा कम भएकोले पाकेको ब्याजबापत कम प्रोभिजनिङ गर्नुपरेकाले बैंकको वितरणयोग्य नाफामा सुधार देखिएको हो। 

आम्दानी देखाएको तर नउठेको ब्याजका लागि बैंकले गत वर्ष ६६ करोड ७१ लाख रुपैयाँ प्रोभिजनिङ गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५३ करोड रुपैयाँमात्रै गरेको छ।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८२ प्रतिशत रहेको छ भने आधार दर ८.४६ प्रतिशतमा कायम भएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend