शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपाल एसबिआई बैंकको नाफा ३५.५ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक?

शुक्रबार, वैशाख ७ २०८१
नेपाल एसबिआई बैंकको नाफा ३५.५ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं- नेपाल एसबिआई बैंकको नाफा ३५.५ प्रतिशतले घटेको छ। गत आर्थिक तेस्रो त्रैमाससम्ममा वर्ष बैंकले १ अर्ब ८० करोड खुद नाफा गरेको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड रुपैयाँमात्रै खुद नाफा गरेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज खर्च बढेको छ। यस अवधिमा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको ९ महिनामा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। ब्याज खर्च बढेकाले चालु आर्थिक वर्ष यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको हो।

यस अवधिमा बैंकको खराब कर्जा बढेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ०.९७ प्रतिशत रहेकोमा यो वर्ष बढेर १.९८ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ।

गत वर्ष यस बैंकको वितरणयोग्य नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो। ब्याज आम्दानी देखाएको तर उठेको ब्याजबापत यस बैंकले करिब २३ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात ७२.४९ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको आधार दर ८.९५ प्रतिशत रहेको छ।   


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend