शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब ६१ करोड ५९ लाख, खराब कर्जा ५.४९ प्रतिशत पुग्यो

शुक्रबार, वैशाख ७ २०८१
लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब ६१ करोड ५९ लाख, खराब कर्जा ५.४९ प्रतिशत पुग्यो

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

बैंकको खराब कर्जा भने बढेर ५.४९ प्रतिशत पुगेको छ। गत वर्ष १.८२ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले बढेर ५.४९ प्रतिशत पुगेको छ। 

खराब कर्जा उच्चरुपमा बढेकाले बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोडले ऋणात्मक भएको छ। नाफा नोक्सान हिसाब खातामा आम्दानी देखाएको तर चैत मसान्तसम्ममा नउठेको ब्याजबापत बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नियामकीय जगेडामा राखेकाले प्रोभिनिङ गरेकाले बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो।

गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड रुपैयाँले सकारात्मक रहेको थियो। 

लक्ष्मी र सनराइज बैंक आपसमा गाभिएकाले बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ८ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७९.४८ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको आधार दर ९.१२ प्रतिशत रहेको थियो।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend