शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

तेस्रो त्रैमासमा हिमालयन बैंकको खुद नाफा १ अर्ब ९४ करोड रुपैयाँ

शुक्रबार, वैशाख ७ २०८१
तेस्रो त्रैमासमा हिमालयन बैंकको खुद नाफा १ अर्ब ९४ करोड रुपैयाँ

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ। 

यस अवधिमा बैंकले ब्याज आम्दानी देखाएको तर नउठेको रकमबापत २ अर्ब १६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। जसले गर्दा बैंकको वितरणयोग्य नाफा उच्च रुपमा ऋणात्मक भएको हो।

गत वर्षको यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको थियो।

बैंकको खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेकाले पनि वितरणयोग्य नाफा ऋणात्मक भएको हो। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.५६ प्रतिशत रहेको थियो।

गत वर्षको तुलनामा बैंकको इम्पियरमेन्ट चार्ज करिब २० करोड रुपैयाँले घटेकाले बैंकको खुद नाफा सामान्यरुपमा बढेको हो।

गत वर्षको तेस्रो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको चालु आर्थिक वर्ष घटेर २ अर्ब २५ करोड ७३ लाख कायम भएको छ।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७९.४० प्रतिशत रहेको छ भने आधारदर ९.८४ प्रतिशत कायम भएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend