बिहीबार , वैशाख २० गते २०८१    
images
images

तेस्रो त्रैमासमा हिमालयन बैंकको खुद नाफा १ अर्ब ९४ करोड रुपैयाँ

images
images
images
तेस्रो त्रैमासमा हिमालयन बैंकको खुद नाफा १ अर्ब ९४ करोड रुपैयाँ
images
images

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

images
images
images

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ। 

images

यस अवधिमा बैंकले ब्याज आम्दानी देखाएको तर नउठेको रकमबापत २ अर्ब १६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। जसले गर्दा बैंकको वितरणयोग्य नाफा उच्च रुपमा ऋणात्मक भएको हो।

images

गत वर्षको यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको थियो।

images
images

बैंकको खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेकाले पनि वितरणयोग्य नाफा ऋणात्मक भएको हो। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.५६ प्रतिशत रहेको थियो।

गत वर्षको तुलनामा बैंकको इम्पियरमेन्ट चार्ज करिब २० करोड रुपैयाँले घटेकाले बैंकको खुद नाफा सामान्यरुपमा बढेको हो।

गत वर्षको तेस्रो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको चालु आर्थिक वर्ष घटेर २ अर्ब २५ करोड ७३ लाख कायम भएको छ।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७९.४० प्रतिशत रहेको छ भने आधारदर ९.८४ प्रतिशत कायम भएको छ।

images

प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:५४

प्रतिक्रिया दिनुहोस