बिहीबार , वैशाख २० गते २०८१    
images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक

images
images
images
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक
images
images

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक भएको छ।

images
images
images

गत वर्षको यसै अवधिमा १ अर्ब १७ अर्बले ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा अहिले उच्च रुपमा ऋणात्मक भएको हो। यस अवधिमा बैंकको आम्दानी देखिए पनि ब्याज नउठेपछि वितरणयोग्य नाफा बढेको हो। 

images

गत वर्षको तेस्रो त्रैमासमा बैंकको पाकेको ब्याज नउठेपछि २ अर्ब ४५ करोड रुपैयाँ नियामकीय प्रोभिजनिङ गरेको छ।

images

यस अवधिमा बैंकले ११ अर्ब ३ करोड खुद ब्याज आम्दानी गरेपनि ३ अर्ब ४ करोड रुपैयाँ इम्पियरमेन्ट चार्जबापत खर्च देखाएको छ।

images
images

यस अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। 

गत वर्षको तुलनामा बैंकको नाफा २४ करोडले बढेपनि ब्याज नउठेको र खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा उच्चरुपमा ऋणात्मक देखिएको हो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत रहको छ। गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९४ प्रतिशत रहेको थियो।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७९.७४ प्रतिशत रहेको छ भने आधारदर ८.३२ प्रतिशत रहेको छ।

images

प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:२६

प्रतिक्रिया दिनुहोस