शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक

शुक्रबार, वैशाख ७ २०८१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक भएको छ।

गत वर्षको यसै अवधिमा १ अर्ब १७ अर्बले ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा अहिले उच्च रुपमा ऋणात्मक भएको हो। यस अवधिमा बैंकको आम्दानी देखिए पनि ब्याज नउठेपछि वितरणयोग्य नाफा बढेको हो। 

गत वर्षको तेस्रो त्रैमासमा बैंकको पाकेको ब्याज नउठेपछि २ अर्ब ४५ करोड रुपैयाँ नियामकीय प्रोभिजनिङ गरेको छ।

यस अवधिमा बैंकले ११ अर्ब ३ करोड खुद ब्याज आम्दानी गरेपनि ३ अर्ब ४ करोड रुपैयाँ इम्पियरमेन्ट चार्जबापत खर्च देखाएको छ।

यस अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। 

गत वर्षको तुलनामा बैंकको नाफा २४ करोडले बढेपनि ब्याज नउठेको र खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा उच्चरुपमा ऋणात्मक देखिएको हो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत रहको छ। गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९४ प्रतिशत रहेको थियो।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७९.७४ प्रतिशत रहेको छ भने आधारदर ८.३२ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend