शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

माछापुच्छ्रे बैंकको वित्तीय विवरण खस्किँदो, अधिकांश सूचक नकारात्मक

वितरणयोग्य नाफा ३ अर्ब ५ करोडले ऋणात्मक

शुक्रबार, वैशाख ७ २०८१
माछापुच्छ्रे बैंकको वित्तीय विवरण खस्किँदो, अधिकांश सूचक नकारात्मक

काठमाडौं- माछापुच्छ्रे बैंकको वितीय विवरण थप खस्किँदो देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकका अधिकांश सूचक नकारात्मक देखिएका छन्।

बैंकको खुद नाफा गत वर्षको तुलनामा ३६.७२ प्रतिशतले घटेको छ भने खराब कर्जा करिब ५५ प्रतिशतले बढेको छ।

खराब कर्जा बढेकाले प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५ करोडले ऋणात्मक भएको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ८५ करोड ५४ लाख रुपैयाँमात्रै खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

गत वर्षको यस अवधिमा बैंकको खराब कर्जा २.३७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३.६८ प्रतिशत रहेको छ।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८३.३० प्रतिशत रहेको छ। बैंकको आधारदर ८.९७ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend