सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

तेस्रो त्रैमासमा प्रभु बैंकको १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफा १६ करोड ६५ लाख

images
शुक्रबार, वैशाख ७ २०८१
images
images
तेस्रो त्रैमासमा प्रभु बैंकको १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफा १६ करोड ६५ लाख
images
images

काठमाडौं- प्रभु बैंकले तेस्रो त्रैमासमा १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ७.२७ प्रतिशतले घटेपनि बैंकको अन्य सूचकहरुमा सामान्य सुधार देखिएको छ। 

images
images
images

बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

images
images

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको खराब कर्जा बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा ३.४८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.८१ प्रतिशत कायम भएको छ। 

images
images
images

खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा १६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा बैंकले नउठेको ब्याजबापत ९४ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend