शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

तेस्रो त्रैमासमा प्रभु बैंकको १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफा १६ करोड ६५ लाख

शुक्रबार, वैशाख ७ २०८१
तेस्रो त्रैमासमा प्रभु बैंकको १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफा १६ करोड ६५ लाख

काठमाडौं- प्रभु बैंकले तेस्रो त्रैमासमा १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ७.२७ प्रतिशतले घटेपनि बैंकको अन्य सूचकहरुमा सामान्य सुधार देखिएको छ। 

बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको खराब कर्जा बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा ३.४८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.८१ प्रतिशत कायम भएको छ। 

खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा १६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा बैंकले नउठेको ब्याजबापत ९४ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend