शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कुमारीकाे १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा, अन्य सूचक कस्ताे?

शुक्रबार, वैशाख ७ २०८१
कुमारीकाे १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा, अन्य सूचक कस्ताे?

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकको वित्तीय विवरणअनुसार गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा करिब २५ करोडले घटेको छ। 

गत वर्षको तेस्रो त्रैमाससम्ममा कुमारी बैंकले १ अर्ब ३० करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासमा खराब कर्जा ४.९५ प्रतिशत रहेको बैंकको नाफा पनि घटेको हो।

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज भने सामान्यरुपमा घटेको छ। गत वर्षको तेस्रो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज ३ अर्ब ९६ करोड रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको ब्याज आम्दानी र खर्च दुबै बढेको छ। 

गत वर्ष ३.९७ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९५ प्रतिशत पुगेकाले बैंकको प्रोभिजनिङ बढ्दा वितरणयोग्य नाफा ४ अर्ब २० करोडले ऋणात्मक देखिएको छ।

यस अवधिमा बैंकले आम्दानी देखाएको तर नउठेको ब्याजबापत १ अर्ब ५२ करोड रुपैयाँ रेगुलेटरी प्रोभिजनिङ गर्दा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो।

गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २४ लाख रुपैयाँले बचतमा रहेको थियो। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८५.३६ प्रतिशत रहेको छ। यस्तै बैंकको आधारदर ९.६३ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend