शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

तेस्रो त्रैमासमा एनआईसी एसिया बैंकको खुद नाफा ५२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १ अर्ब ७२ करोडले ऋणात्मक

शुक्रबार, वैशाख ७ २०८१
तेस्रो त्रैमासमा एनआईसी एसिया बैंकको खुद नाफा ५२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १ अर्ब ७२ करोडले ऋणात्मक

काठमाडौं- तेस्रो त्रैमासमा एनआईसी एसिया बैंकको खराब कर्जा बढेको छ भने खुद नाफा करिब ५२ प्रतिशतले घट्दा वितरणयोग्य नाफा ऋणात्मक भएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा करिब १ अर्ब ७२ करोडले ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा घटेको र प्रोभिजनिङ बढेकाले वितरणयोग्य नाफा ऋणात्मक भएको हो।

गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड रुपैयाँले बचतमा रहेको थियो। 

यस अवधिमा बैंकको खराब कर्जा ३.६२ गुणाले बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.८५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३.०८ प्रतिशत कायम भएको छ।

बैंकको यस अवधिमा आधार दर ८.८६ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८५.८१ प्रतिशत कायम भएको छ। 

स्थानीय तहको रकम निक्षेप गणना सुविधाबाट हटाएसँगै बैंकको कर्जा निक्षेप अनुपातमा दबाब देखिएको छ। बैंकको खुद नाफा करिब ५२ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा बैंकको खुद नाफा १ अर्ब ९१ करोड रुपैयाँ सीमित भएको छ। गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो। गत वर्षको तुलनामा बैंकको ब्याज आम्दानी र ब्याज खर्च दुबै घटेकोले पनि नाफा घटेको हो। 

गत वर्षको तुलनामा बैंकको इम्प्रियरमेन्ट चार्ज उच्च रुपमा बढेको छ। गत वर्षको तेस्रो त्रैमाससम्म बैंकको इम्पियरमेन्ट चार्ज २३ करोड ५२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend