शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

तेस्रो त्रैमासमा नबिल बैंकले गर्‍यो ४ अर्ब ६६ करोड ८० लाख खुद नाफा, खराब कर्जा घट्यो

शुक्रबार, वैशाख ७ २०८१
तेस्रो त्रैमासमा नबिल बैंकले गर्‍यो ४ अर्ब ६६ करोड ८० लाख खुद नाफा, खराब कर्जा घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने नबिल बैंकको खुद नाफा करिब ८.७६ प्रतिशतले घटेको हो।

गत वर्षको यसै अविधिमा नबिल बैंकले ५ अर्ब ११ करोड खुद नाफा गर्न सफल भएको थियो। 

बैंकको नाफा संकुचित भएपनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा खराब कर्जा भने घटेको छ।

गत वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा घटेर १.२७ प्रतिशत कायम भएको छ। 

यस्तै बैंकको सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब २८ करोड कायम भएको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। 

तेस्रो त्रैमाससम्ममा बैंकको वेस रेट ८.३६ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend