शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एनएमबी बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

बुधबार, वैशाख ५ २०८१
एनएमबी बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबी बैंकले हाल देशभर रहेका आफ्ना २०१ शाखा, १८६ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

काठमाडौं- एनएमबी बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। बैंकले बुधबार बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो।

'हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय' भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको एनएमबी बैंकले जनाएको छ।

बैंकका अनुसार नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा भएको कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयल, सञ्चालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारीलगायत सर्वसाधारण गरी लगभग ७ सय ५० जनाको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख रुपैयाँको सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु हस्तान्तरण गरेको थियो।

बैंकले प्रदेश नं. १ मा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेस प्रदेशमा जनकपुर शाखादेखि राम मन्दिर, चितवनमा भरतपुर शाखादेखि गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोल पार्कदेखि सिद्धबाबा मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काक्रेविहार मन्दिरसम्म, महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखि कृष्ण मन्दिरसम्म एकैसाथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।

एनएमबी बैंकले हाल देशभर रहेका आफ्ना २ सय १ शाखाहरु, १ सय ८६ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : बुधबार, वैशाख ५ २०८११६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend