शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

१७औँ वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको विभिन्न सेवासुविधामा छुट तथा क्यासब्याक योजना

मंगलबार, वैशाख ४ २०८१
१७औँ वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको विभिन्न सेवासुविधामा छुट तथा क्यासब्याक योजना

सिटिजन्स स्मार्टमार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १ सय ७० क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ।

काठमाडौं- डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ।

बैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही बैशाख १ गते देखि बैशाख ३१ गते सम्म १ महिनाको लागि लागु हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट/क्यासब्यक लगायतका योजनाहरु सार्वजनिक गरेको हो।

सो योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस (pos) मेसिन र अनलाइनमार्फत एक हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १ सय ७० रूपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ।

यसैगरी सिटिजन्स स्मार्टमार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १ सय ७० क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ।

त्यसैगरL बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको जनाएको छ।

साथै बैंकका निष्क्रिय मोबाईल बैंकिङ ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ट १ सय ५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभर फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेसमेत जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend