शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजारमा देखिएन उत्साह, साताको तेस्रो कारोबार पनि ओरालोतिरै

मंगलबार, वैशाख ४ २०८१
सेयर बजारमा देखिएन उत्साह, साताको तेस्रो कारोबार पनि ओरालोतिरै

मंगलबार १४.८१ अंकले घटेर बजार १९९१.७१ बिन्दुमा ओर्लँदा दुई अर्ब १० करोड ३० लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार घटिरहेको सेयर बजारमा साताको तेस्रो कारोबार पनि ओरालो लागेको छ।

उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न नसक्दा मंगलबार पनि बजार सुखद् रहेन। 

मंगलबार १४.८१ अंकले घटेर बजार १९९१.७१ बिन्दुमा ओर्लँदा दुई अर्ब १० करोड ३० लाख रूपैयाँको कारोबार भएको छ। ४२ कम्पनीको सेयर मूल्य बढ्दा मंगलबार २ सय कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

यो साता आइतबार २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा झरेको बजार सोमबार १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा आइपुगेको थियो। सोमबार ५२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो।

लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा यो साताका तीन कारोबारमा पनि उस्तै देखिएको छ। उतारचढावपूर्ण अवस्था देखिएको सेयर बजारमा वृद्धितर्फको संकेत देखिएको छैन।

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरूको छ। 


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend