शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

मंगलबार, वैशाख ४ २०८१
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

साथै बैंकका कर्मचारीले समेत कमलादीस्थित स्काइवाक टावरको टिकट खरिदमा छुट पाउनेछन्।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन्।

प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच बैंकका ग्राहकलाई टिकट खरिदमा १० प्रतिशतसम्म छुट दिनेगरी दुईपक्षीय समझदारी भएको हो। सो समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र स्काइवाकका तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।

साथै बैंकका कर्मचारीले समेत कमलादीस्थित स्काइवाक टावरको टिकट खरिदमा छुट पाउनेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट-क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने बैंकले जनाएको छ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ।

प्रभु बैंकद्वारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक इकाइहरुमा समेत रहेको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend