मंगलबार, वैशाख १८ गते २०८१    
images
images

प्रभु बैंकको ३०२औँ शाखा पोखराको नयाँगाउँमा

images
images
images
प्रभु बैंकको ३०२औँ शाखा पोखराको नयाँगाउँमा

प्रभु बैंकले नेपालभर रहेका ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएममार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२औँ शाखा खोली सञ्चालनमा ल्याएको हो। 

images
images
images

नयाँ शाखा कार्यालयको उद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरेकी हुन्।

images

बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन गर्दै  शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको प्रकाश पारिन्।

images

प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन्।

images
images

बैंकको नयाँगाउँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

प्रभु बैंकले नेपालभर रहेका ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएम र ७० एक्सटेन्सनमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

images

प्रकाशित : सोमबार, वैशाख ३ २०८१०५:१४

प्रतिक्रिया दिनुहोस