शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्रभु बैंकको ३०२औँ शाखा पोखराको नयाँगाउँमा

सोमबार, वैशाख ३ २०८१
प्रभु बैंकको ३०२औँ शाखा पोखराको नयाँगाउँमा

प्रभु बैंकले नेपालभर रहेका ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएममार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२औँ शाखा खोली सञ्चालनमा ल्याएको हो। 

नयाँ शाखा कार्यालयको उद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरेकी हुन्।

बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन गर्दै  शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको प्रकाश पारिन्।

प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन्।

बैंकको नयाँगाउँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

प्रभु बैंकले नेपालभर रहेका ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएम र ७० एक्सटेन्सनमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : सोमबार, वैशाख ३ २०८११७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend