शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ग्लोबल आईएमई बैंकका क्रेडिट कार्ड होल्डरले ६ हजार रूपैयाँमै विदेश भ्रमण गर्न पाउने

सोमबार, वैशाख ३ २०८१
ग्लोबल आईएमई बैंकका क्रेडिट कार्ड होल्डरले ६ हजार रूपैयाँमै विदेश भ्रमण गर्न पाउने

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० रूपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ। 

आईएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ। 

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २ सय १० रूपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो। बैंकको क्रेडिट कार्डवाहकहरुले आईएमई ट्राभल्समा गइ आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।

साथै, यो योजनामा आबद्ध भइ क्रेडिट कार्ड लिन चाहनेहरुलाई बैंकको कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउनेछन्।

७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको यस बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रमार्फत ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख ३ २०८११७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend