शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अर्घाखाँची सिमेन्टको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

सोमबार, वैशाख ३ २०८१
अर्घाखाँची सिमेन्टको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

कम्पनीले साधारण सेयर निष्कासन गर्नेसम्बन्धी कार्यको लागि एनएमबी क्यापिटललाई धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

काठमाडौं- अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो सम्बन्धी सम्झौतापत्र आज एनएमबी क्यापिटल लिमिटेडको रजिस्ट्रार कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ।

कम्पनीले साधारण सेयर निष्कासन गर्नेसम्बन्धी कार्यको लागि एनएमबी क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सियल अफिसर राजु पौडेल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने चिफ फाइनान्सियल अफिसर राजु पौडेलले बताए।


प्रकाशित : सोमबार, वैशाख ३ २०८११२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend