शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बैंकका सञ्चालक समितिमाथि राष्ट्र बैंक असन्तुष्ट, सम्झौताअनुसार सीईओको कार्यसम्पादन मूल्यांकन नगरेको निष्कर्ष

आइतबार, वैशाख २ २०८१
बैंकका सञ्चालक समितिमाथि राष्ट्र बैंक असन्तुष्ट, सम्झौताअनुसार सीईओको कार्यसम्पादन मूल्यांकन नगरेको निष्कर्ष

काठमाडौं- नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको सुपरीवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै बैंक वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को कार्य क्षमतामाथि प्रश्न उठाएको छ। 

केही प्रमुख कार्यकारी अधिकृतहरुले सम्झौतानुसार कार्य सम्पादन गर्न नसक्दा पनि सञ्चालक समितिले त्यसको मूल्यांकन नगरेको निष्कर्ष राष्ट्र बैंकले निकालेको हो। 'केही बैंकका सीइओहरुले सम्झौतापत्र उल्लेख भएबमोजिम कार्य सम्पादन गरे वा नगरेको बारेमा मुल्यांकन गरेको देखिदैन', प्रतिवेदनमा भनिएको छ।

बैंकहरुको सञ्चालक समितिले सीईओ नियुक्ति गरेपनि सम्झौतानुसार काम गरे वा नगरेको विषयमा मूल्याकंन नभएको राष्ट्र बैंकको ठहर छ।

यसका अतिरिक्त सञ्चालक समितिको काम कर्जाको मूल्यांकन, स्वीकृति, कर्जा असुली र खरिद प्रकृयामा मात्रै केन्द्रीत भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ। सञ्चालक समितिले नीतिगत मुद्दाहरु, अनुपालन, लेखा परीक्षण तथा जोखिम व्यवस्थापनमा ध्यान नदिएको राष्ट्र बैंकको ठहर छ। 

केही बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुली योजना सम्बन्धी मार्गनिदर्शन तर्जुमा तथा कार्यान्वन गरेको, अनुपालन नीति नल्याएको, निर्देशकहरुको शिक्षा सम्बन्धी मार्गदर्शनहरु समयमा नै जारी नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

यस्तै राष्ट्र बैंकले तोके बमोजिम कतिपय बैंकहरुले सञ्चालक समितिमा समितिमा न्युनतम १ महिना पनि समेत नराखेको प्रतिवेदनमा भनिएको छ। 

राष्ट्र बैंकको निर्देशन बमोजिम केही बैंक वित्तीय संस्थाको सञ्चालक समितिमा अघिल्ला बैंठकहरुबाट भएका निर्णय कार्यान्वयन अवस्था र उपलब्धीबारे सामान्य छलफल पनि नहुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।


प्रकाशित : आइतबार, वैशाख २ २०८१२०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend