शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

उतारचढावबीच ओरालोतिरै सेयर बजार, ३ अर्ब ६ करोडको मात्र कारोबार

आइतबार, वैशाख २ २०८१
उतारचढावबीच ओरालोतिरै सेयर बजार, ३ अर्ब ६ करोडको मात्र कारोबार

काठमाडौं- उतारचढावपूर्ण अवस्था देखिएको सेयर बजारमा वृद्धितर्फको संकेत देखिएको छैन। लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा नयाँ वर्ष लागेपछिको कारोबार पनि उस्तै देखिएको छ। 

आइतबार २.३५ अंकले घटेर बजार २०२३.३५ बिन्दुमा झरेको छ। १२७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ। १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार २२.७५ अंकले बढेको थियो। सोमबार बन्द रहेको बजारमा मंगलबारको कारोबार पनि ९.१९ अंकले बढेको थियो। बुधबार भने १०.७१ अंकले घटेर बजार २०२५.३० बिन्दुमा झरेको थियो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न सकेको छैन। 

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरूको छ। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, वैशाख २ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend