शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ग्लोबल आईएमई बैंकको 'पैसा आउने, थपेर पाउने' योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सयसम्म क्यासब्याक

आइतबार, वैशाख २ २०८१
ग्लोबल आईएमई बैंकको 'पैसा आउने, थपेर पाउने' योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सयसम्म क्यासब्याक

ग्लोबल आईएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५ सय रुपैयाँसम्म थप गरिदिने जनाएको छ। यो योजना जुन १०, २०२४ सम्म लागु रहनेछ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ।

'पैसा आउने, थपेर पाउने' नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५ सय रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ।

बैंकका अनुसार यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा एक सय रुपैयाँ, ५० हजार एकदेखि एक लाख रुपैयाँसम्म पैसा पठाउँदा २ सय ५० रुपैयाँ र एक लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। 

यो योजना जुन १०, २०२४ सम्म लागु रहनेछ। ग्लोबल आईएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५ सय रुपैयाँसम्म थप गरिदिने बैंकले जनाएको छ।

७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको यस बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रमार्फत ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend