शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

आइतबार, वैशाख २ २०८१
महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

टीएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयमले नै गर्नेछ।

काठमाडौं- नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ।

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सी-आश्वा तथा टीएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन्। शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टीएमएस खाता नि:शुल्क खोल्नुका साथै मेरो सेयर तथा सी-आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन।

टीएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयमले नै गर्नेछ। यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकको विश्वास छ।

'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १ सय ३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्।

साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २ २०८११३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend