शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने, कर्जा लिँदा विशेष छुट

शुक्रबार, चैत ३० २०८०
कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने, कर्जा लिँदा विशेष छुट

साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ।

काठमाडौं- नेपालीहरुको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा विशेष ब्याजदर सुविधा ल्याएको छ। ब्याजदरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन्।

साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ।

ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुनसुकै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ। यस्तो प्रकारको मुद्दती खाता खोल्नको लागि र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रिया नचाहिने र मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जनाएको छ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रवर्द्धन गर्न ठूलो योगदान पुर्‍याएको छ।

२०८१ बैशाख महिनाको लागि मुद्दती खाता प्रदान गरिएको ब्याजदर अवधि स्वयम् उपस्थितमा खोलिएका मुद्दतीमा पाइने ब्याजदर कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदर यस्ताे रहेकाे बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend