शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कुमारी बैंकले ल्यायो नयाँ वर्षका लागि आकर्षक क्यासब्याक अफर!

शुक्रबार, चैत ३० २०८०
कुमारी बैंकले ल्यायो नयाँ वर्षका लागि आकर्षक क्यासब्याक अफर!

यो योजना २०८१ बैशाख १ गते बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुनेछ।

काठमाडौं- कुमारी बैंक लिमिटेडले नयाँ वर्ष विसं २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ।

यस योजनाअन्तर्गत पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन्।

साथै क्यूआर भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ। यो योजना २०८१ बैशाख १ गते बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुनेछ।

तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने, 'नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना  व्यक्त गर्न चाहन्छौँ। यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ।'

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend