शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने एडीबीको प्रक्षेपण

images
बिहीबार , चैत २९ २०८०
images
images
नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने एडीबीको प्रक्षेपण

यसअघि नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो।

images

काठमाडौं- नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ।

images
images

समग्र दक्षिण एसियामा भने ६ प्रतिशतको वृद्धि हुने एडीबीले जनाएको छ। जसमा सबैभन्दा धेरै भारतमा ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीको छ। अन्य ६ देशको सकारात्मक भएपनि अफगानिस्तानको भने शून्य हुने एडीबीले जनाएको छ।

images

यसअघि नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। तर केन्द्रीय तथ्यांक विभागले गत साता आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो। 

images

अघिल्लो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धि भएकोमा दोस्रो त्रैमासमा ४ प्रतिशत  कृषि उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धि प्रमुख कारण रहेको विभागले जनाएको थियो। 

adb.jpg


प्रकाशित : बिहीबार , चैत २९ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend