शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दुई दिन देखिएको वृद्धिपछि पुन: घट्यो सेयर बजार, ३ अर्ब ४८ करोडको कारोबार

बुधबार, चैत २८ २०८०
दुई दिन देखिएको वृद्धिपछि पुन: घट्यो सेयर बजार, ३ अर्ब ४८ करोडको कारोबार

काठमाडौं- अघिल्लो साता सबै कारोबार ओरालो लागेको सेयर बजारमा यो साता लगातार दुई कारोबार वृद्धितर्फ देखिएर तेस्रो कारोबारमा पुन: घटेको छ। 

गएको साता समग्रमा ३१.५७ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार २२.७५ अंकले बढेको थियो। सोमबार बन्द रहेको बजारमा मंगलबारको कारोबार पनि ९.१९ अंकले बढेको थियो।

बुधबार भने १०.७१ अंकले घटेर बजार २०२५.३० बिन्दुमा झरेको छ। ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न सकेको छैन। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै देखिएको छ।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरुको छ। 


प्रकाशित : बुधबार, चैत २८ २०८०१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend