शनिबार, साउन १२ गते २०८१    
images
images
images

८ महिनामा वाणिज्य बैंकहरूले कमाए ४२ अर्ब ३० करोड खुद नाफा, कुन बैंकको कति?

images
बुधबार, चैत २८ २०८०
images
images
८ महिनामा वाणिज्य बैंकहरूले कमाए ४२ अर्ब ३० करोड खुद नाफा, कुन बैंकको कति?

नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७२ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

images

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामा २० वाणिज्य बैंकहरुले कुल ४२ अर्ब ३० करोड रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन्।

images
images

माघ मसान्तसम्ममा ३५ अर्ब ४९ करोड खुद नाफा गरेका बैंकहरुको फागुन मसान्तमा १९.२० प्रतिशतले खुद नाफा बढेको छ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ५३ अर्ब ६० करोड रूपैयाँ खुद नाफा गरेका थिए।

images

जसमध्ये नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७२ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ३ अर्ब ४३ अर्ब रूपैयाँ खुद नाफा कमाउँदा तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

यस्तै २ अर्ब ८७ करोड ७६ लाख रूपैयाँ खुद नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ। यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले २ अर्ब ८० करोड रूपैयाँ खुद नाफा गरेको छ।

images

फागुन मसान्तसम्ममा एनआईसी एसिया बैंकले २ अर्ब ५४ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ।

यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ९ करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडले १ अर्ब ३७ करोड, हिमालयन बैंकले १ अर्ब ९५ करोड रूपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब रूपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड रूपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रूपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड रूपैयाँ नाफा आर्जन गरेका छन्।

यसैगरी लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड रूपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड रूपैयाँ, कृषि विकास बैंकले १ अर्ब ९८ करोड रूपैयाँ,सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब २२ करोड रूपैयाँ, एनएमबी बैंकले १ अर्ब ९२ करोड रूपैयाँ, प्रभु बैंकको १ अर्ब ५१ करोड रूपैयाँ र सानिमा बैंकले १ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा आर्जन गरेका छन्।


प्रकाशित : बुधबार, चैत २८ २०८०१४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend