शनिबार, साउन १२ गते २०८१    
images
images
images

प्रभु बैंक र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानीसम्बन्धी सम्झौता

images
बुधबार, चैत २८ २०८०
images
images
प्रभु बैंक र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानीसम्बन्धी सम्झौता

सम्झौता बमोजिम प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

images

काठमाडौं- प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार/भुक्तानी सहजीकरण गर्नेसम्बन्धी सम्झौता भएको छ।

images
images

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। 

images

सम्झौता बमोजिम अन्तरदेशीय कारोबार/क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिकरुपमा १५ हजार र मासिक १ लाखसम्म भारतीय रूपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकको विश्वास छ।

images

भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई एनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रहेर नेपालमा बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउनसक्ने व्यवस्थासमेत मिलाइएको छ।

हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुई लाख भारतीय रूपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रतिकारोबार ५० हजारसम्म भारतीय रूपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ।


प्रकाशित : बुधबार, चैत २८ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend