शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विद्यार्थीका लागि सिटिजन्स बैंकको सरल 'एजुकेसन लोन', कसरी लिने?

मंगलबार, चैत २७ २०८०
विद्यार्थीका लागि सिटिजन्स बैंकको सरल 'एजुकेसन लोन', कसरी लिने?

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले अहिले सहजै 'एजुकेसन लोन' दिइरहेको छ।

यसका लागि सामान्य केही चरणहरू पूरा गरेमा सस्तो ब्याजमा शैक्षिक ऋण अर्थात एजुकेसन लोन पाइने बैंकले जनाएको छ।

विद्यार्थीहरूको पढाइमा बाधा अड्चन नआओस् र पढाइमा निरन्तरता पाउन् भन्नका लागि सिटीजन्स बैंकले योजना सुरु गरेको जनाएको छ।

विद्यार्थीहरूलाई सहज रुपमा पढाइ अगाडि बढाएर उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने मुख्य उद्देश्य बैंकले राखेको जनाएको छ। यो कर्जा स्वदेश र विदेशमा अध्ययन गर्न चाहानेका लागि सहजै दिइने कर्जा रहेको बैंकको भनाइ छ। 

बैंकका अनुसार यसको कर्जाअवधी १५ वर्षको रहने छ। त्यसभन्दा कम अवधीमा पनि कर्जा चुक्ता गर्न सकिने व्यवस्था बैंकले गरेको छ।

बैंकले एजुकेसन लोन बढीमा एक करोड रुपैयाँसम्म दिने गरेको जनाएको छ। बैंकले सहुलियत ब्याजदरमा देशभरका शाखाबाट लोन प्राप्त गर्न सकिनेसमेत जनाएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ४३ हजार ग्राहकलाई सेवा दिइरहेको छ।

कसरी लिने लोन, भिडियोमा हेर्नुहोस्- 


प्रकाशित : मंगलबार, चैत २७ २०८०१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend