शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार दुई कारोबारमा हरियाली, सम्हालिएको हो सेयर बजार?

मंगलबार, चैत २७ २०८०
लगातार दुई कारोबारमा हरियाली, सम्हालिएको हो सेयर बजार?

काठमाडौं- अघिल्लो साता सबै कारोबार ओरालो लागेको सेयर बजारमा यो साता भने लगातार दुई कारोबार वृद्धितर्फ देखिएको छ। 

गएको साता समग्रमा ३१.५७ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा आइतबार २२.७५ अंकले बढेको थियो। सोमबार बन्द रहेको बजारमा मंगलबारको कारोबार पनि वृद्धितर्फ नै देखियो। 

मंगलबार ९.१९ अंकले बढेर बजार २०३६.०१ बिन्दुमा पुगेको छ। १५० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार यो साता सम्हालिएर अगाडि बढेको देखिन्छ। 

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरुको छ। अहिले सम्हालिएको बजारले मनोवैज्ञानिक आधार बिन्दुबाट तल जान रोकिराखेको छ। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै देखिएको छ।


प्रकाशित : मंगलबार, चैत २७ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend