शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कामना सेवाद्वारा 'केएसबीबीएल : फाइनान्सियल फुटस्टेप्स' भिडियो श्रृंखला सार्वजनिक

सोमबार, चैत २६ २०८०
कामना सेवाद्वारा 'केएसबीबीएल : फाइनान्सियल फुटस्टेप्स' भिडियो श्रृंखला सार्वजनिक

नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृंखला सार्वजनिक गरिने बैंकले जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज 'केएसबीबीएल : फाइनान्सियल फुटस्टेप्स'  को टिजर भिडियो सार्वजनिक गरेको छ।

नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृंखला सार्वजनिक गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार १३ वटा श्रृंखला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माइलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जीवनलाई पछ्याउँछ। प्रत्येक एपिसोडमा वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ।

भिडियो श्रृंखलाको उद्देश्य आकर्षक कथाकथनमार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ। सो भिडियो सिरिज प्रत्येक हप्ताको आइतबार बैंकको सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने बैंकले जनाएको छ।

भिडियो कामना सेवाको युट्युब च्यानल र फेसबुक पेजमार्फत पनि हेर्न सकिन्छ।

बैंकले बचत, ऋण तथा बैंकिङ कारोबारसम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।

डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटीएमबाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : सोमबार, चैत २६ २०८०१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend