शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार घटिरहेको सेयर बजारमा आइतबार दोहोरो अंकको सुधार, साताभर छाउला हरियाली?

आइतबार, चैत २५ २०८०
लगातार घटिरहेको सेयर बजारमा आइतबार दोहोरो अंकको सुधार, साताभर छाउला हरियाली?

आइतबार २२.७५ अंकले बढेर बजार २०२६.८१ बिन्दुमा पुग्दा चार अर्ब २५ करोड रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- अघिल्लो साता सबै कारोबार ओरालो लागेको सेयर बजारमा यो साता भने सुखद् सुरुवात भएको छ।

गएको साता समग्रमा ३१.५७ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार भने वृद्धितर्फ उक्लिएको छ।

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार यो साता सम्हालिएर अगाडि बढ्दा आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा पुगेको छ।

आइतबार १ सय ९० कम्पनीको सेयर मूल्य बढ्दा चार अर्ब २५ करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ। ४८ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ७ कम्पनीको सेयर मूल्यमा भने कुनै फेरबदल भएको छैन।

सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिन्छ।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरुको छ। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै देखिएको छ।


प्रकाशित : आइतबार, चैत २५ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend