शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन मागियो

images
शनिबार, चैत २४ २०८०
images
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन मागियो
images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवदेन माग गरिएको छ। कार्यकारी अधिकृत छनोट उपसमितिले १२ दिनको समय दिएर आवेदन मागेको हो।

images
images
images

धनन्जय रेम्मीको ४ वर्षे कार्यकाल सकिएसँगै बोर्डको सीईओ पद रिक्त रहेको थियो। सोही पदका लागि उपसिमितिले ७ हजार रुपैयाँ तिरेर आवेदन दिन सूचना जारी गरेको हो।

images
images

बोर्डको सीईओ पद माघ १६ गतेदेखि खाली थियो। सीईओ बन्नका लागि स्नाकोत्तर पास गरेको र १० वर्ष पर्यटनसम्बन्धी क्षेत्रमा काम गरेको अनुभवसहित आवेदन दिनु पर्ने छ।

images
images

विदेशी नागरिकता भएकाले आवेदन दिन पाउने छैनन्। ३५ वर्ष नाघेको र ६० वर्ष ननाघेकाले सीईओका लागि आवेदन दिन सक्ने छन्।  आवेदन दिँदा नै ५ हजार शब्दमा नबढ्ने गरी ४ वर्षको योजनासमेत दिनु पर्ने छ।


प्रकाशित : शनिबार, चैत २४ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend