आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन मागियो

शनिबार, चैत २४ २०८०
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन मागियो

काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवदेन माग गरिएको छ। कार्यकारी अधिकृत छनोट उपसमितिले १२ दिनको समय दिएर आवेदन मागेको हो।

धनन्जय रेम्मीको ४ वर्षे कार्यकाल सकिएसँगै बोर्डको सीईओ पद रिक्त रहेको थियो। सोही पदका लागि उपसिमितिले ७ हजार रुपैयाँ तिरेर आवेदन दिन सूचना जारी गरेको हो।

बोर्डको सीईओ पद माघ १६ गतेदेखि खाली थियो। सीईओ बन्नका लागि स्नाकोत्तर पास गरेको र १० वर्ष पर्यटनसम्बन्धी क्षेत्रमा काम गरेको अनुभवसहित आवेदन दिनु पर्ने छ।

विदेशी नागरिकता भएकाले आवेदन दिन पाउने छैनन्। ३५ वर्ष नाघेको र ६० वर्ष ननाघेकाले सीईओका लागि आवेदन दिन सक्ने छन्।  आवेदन दिँदा नै ५ हजार शब्दमा नबढ्ने गरी ४ वर्षको योजनासमेत दिनु पर्ने छ।


प्रकाशित : शनिबार, चैत २४ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend