शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

होटल संघ नेपालबाट प्रकाशित फेस्टिभल क्यालेन्डर विमोचित

images
बिहीबार , चैत २२ २०८०
images
होटल संघ नेपालबाट प्रकाशित फेस्टिभल क्यालेन्डर विमोचित

पर्यटनमन्त्री हितबहादुर तामाङले मुलुकको पर्यटन प्रवर्द्धनमा अग्रसर भइ निजी क्षेत्रसँगको समन्वयमा काम गरिने बताए।

images
images

काठमडौं- होटल संघ नेपालले तयार गरेको २०८१ सालको वार्षिक टेबल क्यालेन्डर विमोचित भएको छ।

images
images
images

देशभरिबाट सहभागिता रहेको होटल संघ नेपालको कार्यसमिति बैठकमा संघबाट प्रकाशित सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्राहरुलाई समेटेर तयार गरिएको क्यालेन्डर माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बिहीबार काठमाडौंमा विमोचन गरेका हुन्।

images
images

सो अवसरमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राहरुबारे सोधपुछ हुने गरेकोले उक्त क्यालेन्डर प्रकाशित गरिको बताए।

images
images

साथै अध्यक्ष शाहले उक्त क्यालेन्डर स्वदेशी तथा विदेशी प्रतिष्ठित टुर अपरेटरका साथै गैरआवासीय नेपाली संगठन तथा विदेशीस्थित नेपाली नियोगहरुमार्फत पनि वितरण गरी मुलुकमा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाली मौलिक चाडपर्व जात्राप्रति बढ्दै गएको आकर्षणलाई सम्बोधन गर्ने प्रयास गरिएको बताए।

विमोचनको क्रममा मन्त्री तामाङले यस चाडपर्व तथा जात्रा लक्षित क्यालेन्डरबाट मुलुकको प्रचारप्रसार भइ विदेशी पर्यटकहरुको आकर्षण बढ्ने हुँदा यो एउटा पर्यटन प्रवर्द्धनको राम्रो माध्यम भएको बताउँदै मुलुकको पर्यटन प्रवर्द्धनमा अग्रसर भइ निजी क्षेत्रसँगको समन्वयमा काम गरिने बताए। उनले होटल क्षेत्रको अझ विकास र विस्तारका लागि उद्योगमा वर्गीकरण गरी उद्योगले पाउनुपर्ने सेवा सुविधा दिलाउने विश्वास दिलाए।

उक्त अवसरमा मन्त्री तामाङले आतिथ्यता सम्बन्धी क्लाउडवेस इ-लर्निङ तालिम कोर्षहरु पनि अपलोड गरी शुभारम्भ गरे। यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलहरुमा कार्यरत कामदार तथा कर्मचारीहरुलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए।

कार्यक्रममा महासचिव साजन शाक्यले नेपालमा होटलले भोगिरहेको समस्याका बारेमा जानकारी गराएका थिए। भने वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८०१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend