शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानीमा सहकार्य गर्ने सम्झौता

बिहीबार , चैत २२ २०८०
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानीमा सहकार्य गर्ने सम्झौता

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्यूआरमार्फत बिनाझन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

काठमाडौं- गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीहरु र प्रभु बैंकबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्ने सम्झौता भएको छ।

बैंक खाताबाट सहजरुपमा रकम झिक्न, आफ्नाे खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट-वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउने गरी सम्झौता भएको हो।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा फोन पेका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्यूआरमार्फत बिनाझन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आबद्ध १ सय ५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको छ। निकट भविष्यमा अन्य ३ सय ५० भन्दा बढी चालकहरुलाई सो सेवा उपलब्ध गराउने बैंकको योजना छ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यूआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनीकरणका उपायहरु सम्बन्धमा झन्डै एक घण्टाको दृष्यचित्रसहित चेतनामूलक सामाग्री प्रस्तुती गरिएको थियो।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकको विश्वास छ। 


प्रकाशित : बिहीबार , चैत २२ २०८०१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend