शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

एक महिनामै भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स

images
images
images
एक महिनामै भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ भने फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

images

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भइ ७ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

images

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ।

images
images

पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो।

 

images

प्रकाशित : बिहीबार , चैत २२ २०८००४:३९

प्रतिक्रिया दिनुहोस