शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा यो साता सबै कारोबार ओरालोतिर, ३१ अंकले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २२ २०८०
सेयर बजारमा यो साता सबै कारोबार ओरालोतिर, ३१ अंकले घट्यो

काठमाडौं- सेयर बजारमा यो साता सबै कारोबार नै ओरालो लागेको छ। गएको साता समग्रमा १२.९ अंकले घटेको बजारमा यो साताको पाँच कारोबारमा ३१.५७ अंकले गिरावट आएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १७.३० अंकले घटेको सेयर बजार सोमबार ६.२६ अंकले घटेको थियो। मंगलबार १.८५ अंकले घटेको बजार बुधबार पनि ओरालोतिर नै लागेर ३.४३ अंकले घटेको थियो। 

साताको अन्तिम कारोबारमा बिहीबार २.७३ अंकले घटेर बजार २००४.०५ बिन्दुमा झरेको छ। १०६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ। १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार यो साता पनि उही अवस्थामा नै देखिएको छ। सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिएको हो।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको विश्लेषकहरू बताउँछन्। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै देखिएको छ। 


प्रकाशित : बिहीबार , चैत २२ २०८०१५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend